Sagun Khabar
बैतडीको अड्तोलामा जंगलि बदेलले  मकैबाली सखाप पारेपछि किसान चिन्तीत

बैतडी- बैतडीमा जंगलि बदेलले आतंक मच्चाएको छ । जिल्लाको पाटन नगरपालिका  ५ अड्तोलामा जंगलि बदेलले मकैबाली सखाप पारेको छ । जंगलि बदेलले  करिब २० रोपनि जमिनमा लगाएको मकैबाली  सखाप पारेको अड्तोलका स्थानीय हरिदत्त पाण्डेयले जानकरी दिए।

रातीको समयमा आउने  जंगलि बदेलले  मिहेनत गरेर लगाएको मैकैबाली सखाप पारेको  उनले बताए । स्थानीय हरिदत्तले आफ्नो लगायत पदम पाण्डेय, केशब पाण्डेय, हिना पाण्डेय, लक्ष्मी पाण्डेय, बाशुदेव पाण्डेय र नवराज पाण्डेयको खेतमा लगाएको मकैबाली जंगली  बदेलले सखाप पारेको बताए ।

मकै फल्ने बेलामा जंगलि बदेलले सखाप पारेपछि  किसानहरु  चिन्ती बनेका छन् । जिल्लाका अन्य ठाउँमा पनि जंगलि बदेलले   मकैबाली नष्ट गरेको स्थानीयहरुले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update