Sagun Khabar
बैतडीमा  बन्चरो  प्रहार गरी बुबाको  हत्या

बैतडी- बैतडीमा छोराले  बन्चरो प्रहार गरी   बुबाको हत्या गरेका छन् । शुक्रबार बिहान  जिल्लाको  डिलाशैनी  गाउँपालिका  वडा नं ५ का लोकेन्द्र  जोशीले धारिलो हतियार  बन्चरो प्रहार  गरी   आफ्नै ७० वर्षिय बुबा  अन्तराम  जोशीको  हत्या गरेका  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले  जानकारी  दिए ।

बन्चरो प्रहारबाट  वृद्धको  टाउको र शरिर अलग भएको  बताइएको  छ । बन्चरो प्रहार  गर्ने छोरालाई  नियन्त्रणमा लिएर  घट्नाको  थप अनुसन्धान भइरहेको  प्रहरी  प्रवक्ता जोशीले  बताए।  

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update