Sagun Khabar
बैतडीमा मतदाता नामावली सङ्कलन कार्य जारी, दुई हजार मतदाता थपिए

बैतडी- बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालय  बैतडीका अनुसार फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य जारी रहेको  हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य शुरु गरिएको  थियो । सो अवधी देखि साउन १० गते सम्म २ हजार ३ सय १५ जना थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख माधव फुयालले जानकारी दिए । थपिएका मध्ये ७ जना जिल्ला बाहिरका रहेका उनले बताए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६ सय ६ मतदाता थिए । नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबैलाइ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर  आ–आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ ।

अहिले जिल्ला निर्वाचन कार्यालय बैतडी, जिल्ला प्रशासन कार्यालय बैतडी र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटबाट मतदाता नामावली संकलनको कार्य भइहरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ  । निर्वाचनको  मिति घोषणा नहुँदा सम्म संकलनको  काम जारी  रहने  बताइएको  छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update