बैतडीको डिलाशैनीले एमबीबीएस पढ्न छात्रवृत्ति दिने
बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न चाहनेहरुलाई छात्रवृत्ति दिने भएको छ । बिहीवार एक सूचनाजारी गरेर गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो।
‘एक गाउँ एक डाक्टर’ नीति अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिए। आवश्यक कागजातसहित ७ दिनभित्र योग्यता पुगेका इच्छुक डिलाशैनी गाउँपालिकावासीले सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।
छात्रवृत्तिमा एमबीबीएस पढाउने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन माग गरिएको पालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्




