Sagun Khabar
बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते 

बैतडी –बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नं २ कोटका ६८ बर्षीय गणेशबहादुर चन्द चितुवाको आक्रमणबाट घाइते भएका हुन् । 

शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासो फसेको र उक्त चितुवाले चन्दलाई आक्रमण गर्दा घाँटी र हातमा समान्य चोट लागेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । 

पासोमा फसेको चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो । चन्दको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको चन्दले बताए । 

जिल्लाको तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ । २०६८ साल यता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update