बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीले सुर्नया गाउँपालिका वडा नं २ मा वडा कमिटि गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव देव बहादुर चन्दको अध्यक्षतामा शनिबार सतबाँझमा आयोजित भेलाले १९ सदस्यीय वडा कमिटि गठन गरेको पार्टीका गाउँ कमिटि सदस्य दान सिंह ऐरले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा नं २ को वडा कमिटि अध्यक्षमा नरेन्द्र विष्ट चयन भएका छन् । शनिबारको उक्त भेलाले वडा कमिटि अध्यक्षमा विष्टलाई सर्बसम्मत चयन गरेको उनले बताए ।
यस्तै उपाध्यक्षमा शेर सिंह ऐर, सचिवमा भरत बहादुर चन्द, कोषाध्यक्षमा लक्ष्मी चन्द, सह सचिवमा प्रकाश विक र बसन्ती विष्ट चयन भएका छन् ।
यस्तै सदस्यमा धनी भुल, दानबहादुर विष्ट, तेजराम महर, राम बहादुर विष्ट, देब बहादुर विष्ट लगायतका १९ जना चयन भएका छन् ।
सतबाँझमा आयोजना गरिएको राप्रपाको भेलामा पार्टीका जिल्ला सचिव देव बहादुर चन्द, पार्टीका सुर्नया गाउँकमिटि सदस्य एवं वडा नं २का वडा अध्यक्ष गणेश बहादुर विष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




