Sagun Khabar
पाटन नगरपालिकाको वेबसाइटमा पुरानै जनप्रतिनिधिको विवरण 

बैतडी –स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएको दुई महिनाभन्दा बढी भइसक्दा समेत बैतडीको पाटन नगरपालिकाले वेबसाइट अपडेट नगरेको पाइएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम अपडेट गरेको भएपनि वडा अध्यक्षहरुको नाम अपडेट नगरेको पाइएको हो । 

नगरपालिकाको वेबसाइटमा अहिले पनि पुरानै वडा अध्यक्षहरुको नाम रहेको छ । केही वडा अध्यक्षहरु दोहोरिएका भएपनि नयाँ वडा अध्यक्षहरुको नाम वेबसाइटमा समावेश गरिएको छैन् । नगरपालिकाको वेबसाइटमा जनप्रतिनिधिहरुको विवरण पुरानै हुँदा धेरैलाई समस्या हुने गरेको छ । 

पाटन नगरपालिका वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ८, वडा नं ९ र वडा नं १० का वडा अध्यक्षको विवरण पुरानै राखिएको छ । नगरपालिकाको विवरणलाई अद्यावधिक गर्नका लागि नगरपालिकामा सूचना प्रविधि शाखा रहेको भएपनि अहिले सम्म विवरण अद्यावधिक गरिएको छैन् । 

नगरपालिकाले वेबसाइट अद्यावधिक नगर्दा नागरिकले वेबसाइटबाट सही सूचना पाउन मुस्किल भएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update