Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ३६ जनामा कोरोना पुष्टि 

बैतडी –सुदूरपश्चिममा सोमबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । ३५० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १४ जना र ४८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

आज कैलालीका २४ जना, कञ्चनपुरका ११ र बैतडीका एकजनामा कोरोना पुष्टि भएको बताइएको छ । यस्तै आज तीन जना कोरोना मुक्त भएका निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update