बैतडी- भीमदत्त स्मृति दिवस बैतडीमा पनि मनाईएको छ । शहीद भीमदत्त पन्तको ६९औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरि बैतडीमा पनि मनाइएको हो ।
भुमिमा महिला कृषि सहकारी संस्था एवं दलित विकास समाज मञ्च बैतडीको आयोजनामा मंगलबार दशरथचन्द नगरपालिकाको सभाहलमा शहीद भिम दत्त पन्तको समझानामा स्मृति दिवस मनाइएको दलित विकास समाज मञ्च बैतडीकी अध्यक्ष सरस्वती नेपालीले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आथित्यतामा शहीद पन्तको शालिकमा माल्यार्पण गरेर दिवस मनाईएको उनले बताइन् । यस्तै दिवसका अवसरमा किसानहरुलाई विउविजन पनि वितरण गरिएको उनको भनाई छ । ७५ जना किसानहरूलाइ भिविन्न तरकारीका विउविजन वितरणा गरिएका बताइएकाे छ ।
कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका थिए । किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते हत्या भएको थियो ।




