Sagun Khabar
अनुदानमा अमिलो जात फलफूलका बिरुवा वितरण गर्दै पाटन 

बैतडी–बैतडीको पाटन नगरपालिकाले किसानहरुलाई अनुदानमा अमिलो जातका बिरुवा वितरण गर्न थालेको छ । पचास प्रतिशत अनुदानमा किसानहरुलाई अमिलो जातका बिरुवा वितरण शुरु गरिएको पाटन नगरपालिकाको कृषि शाखाका प्रमुख महेश अवस्थीले बताए । 

किसानहरुलाई फलफूल खेतीमा आकर्षण गर्न र फलफूल खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन चाहने किसानहरुका लागि अनुदानमा बिरुवा वितरण शुरु गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कागती, सुन्तला, मौसम, अमिलो लगायतका बिरुवा वितरण भइरहेका उनले बताए । नगरपालिकाले फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा किन्ने किसानहरुका लागि माग संकलन गरेको र सोही माग अनुसार विरुवा वितरणको काम शुरु भएको उनले बताए । 

यो सिजनमा नगर क्षेत्रभित्रका किसानहरुलाई तीन हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको छ । अनुदानमा अमिलो जातका फलफूल बिरुवा रोप्न चाहने किसानहरुले प्रति बिरुवा साढे १२ रुपैंया खरीद गरेर लैजान सक्ने नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update