Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ५० जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार थप ५० जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन र पीसीआर विधिबाट ६ सय ८९ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । 

एन्टीजेन विधिबाट ६ सय ४६ जनाको कोरोना परीक्षण गर्दा ३९ जना र पीसीआर विधिबाट ४३ जनाको कोरोना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमण पुष्टि हुनेमा कैलालीका १३, कञ्चनपुरका ३४, बैतडीका २ र डोटीका एक जना रहेका छन् । प्रदेशभरी मंगलबार १४ जना निको भएका निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update