Sagun Khabar
बैतडीको मल्लोढोलेमा पहिरोको जोखिम 
फाइल फोटो

बैतडी –बैतडीको मल्लोढोलेमा पहिरोको जोखिम बढ्दै गएको छ । २०७७ सालमा पहिरो खसेकै ठाउँमा फेरी पहिरो खस्न सक्ने जोखिम रहेको स्थानीय तेजन बोहराले बताए । ढोल्यामोडदेखि वडा कार्यालय सम्म काटिएको सडकका कारण सो ठाउँमा पहिरो खसेको र अहिले पनि पहिरोको जोखिम रहेको उनले बताए । 

बर्षा भएको दिन पहिरोको डरले रातीको समयमा अनिँदो बस्नुपर्ने अवस्था रही आएको स्थानीय परमल लुहारले बताए । पहिरोले विगतमा नै खेतबारी बगाएको र अहिले पनि सडकको भेल खेतबारीमै आउने गरेको उनले बताए । उनले भने ‘बर्षातको समयमा निकै डर लाग्छ । घरमाथिबाट कतिखेर पहिरो खसेर घर बगाउँछ भन्ने चिन्ता छ ।’

अहिले पनि मल्लोढोलेमा ५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका स्थानीय जहरे बोहराले बताए । पहिरोका कारण खेतबारी बगाएको उनले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाको वडा नं ८ को मल्लोढोले र सेला टोलमा पहिरोको जोखिम रहेको वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । उनले भने ‘वडाको दुई टोलमा पहिरोको उच्च जोखिम रहेको छ ।’

सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा खनिएका कच्ची सडकका कारण पहिरोको जोखिम बढ्दै गएको छ । पहिरोका कारण जनधनको समेत क्षति हुने गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पनि सुर्नया गाउँपालिकामा पहिरोको जोखिम रहेको जनाएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार पालिकामा पहिरोको जोखिम रहेको देखिएको हो ।  
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update