Sagun Khabar
डडेल्धुरामा प्रहरीमाथि नै हातपात, दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र समशेर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि आक्रमण गरेका थिए । 

डडेल्धुरा अस्पतालमा बिरामीको कुरुवा बसेका उनीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेका थिए । होहल्ला गर्न थालेपछि प्रहरीको टोली त्यहाँ पुगेका थियो । मदिरा सेवन गरेका उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए । पक्राउ परेका दुबै जनामाथि अभद्र व्यवहारमा मुद्धा चल्ने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update