Sagun Khabar
बैतडीमा थप तीन जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएको छ । बुधबार जिल्लामा थप तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

झुलाघाट नाकामा गरिएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका एकजना र बाजुराका एकजनामा कोरोना पुष्टि भएको छ भने जिल्ला अस्पतालमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको लेखकले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो संगै जिल्लाभरी सक्रिय संक्रमितको संख्या १८ पुगेको छ । दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिकामा २ जना, दोगडाकेदार गाउँपालिका,सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका सात जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । फेरी एक पटक कोरोना संक्रमण समुदायस्तरसम्मै फैलने खतरा रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update