बैतडी –सुदूरपश्चिममा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार मात्रै प्रदेशभरी ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । ५ सय ४ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना र ४२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज कञ्चनपुरका ३० जना, कैलालीका २१ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १८:०५
प्रतिक्रिया दिनुहोस्