Sagun Khabar
सुदूरपश्चिममा भारी बर्षाको सम्भावना 

बैतडी – बिहीबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिमसहित गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update