Sagun Khabar
बैतडीमा कोरोना कोष स्थापना गर्ने निर्णय कार्यान्वयन होला त ? 

बैतडी –जिल्ला विपद् व्यवस्थापन समितिको केही दिन पहिला बसेको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको छ । कोभीड संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँ सम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको हो । 

सो कोषमा प्रत्येक स्थानीय तहहरुले ५० हजारका दरले रकम जमा गर्नुपर्ने निर्णय भएपनि यो निर्णय कार्यान्वयनमा त्यति सहजता भने नरहेको बताइएको छ । विगतमा पनि यस्ता कोषको अभ्यास गरिएको तर पछि स्थानीय तहहरुले बजेट नदिँदा समस्या भएको बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना कोष स्थापनाको निर्णय राम्रो भएपनि यसमा स्थानीय तहहरुले रकम जमा गर्नुपर्ने कार्य जटील भएको बताइएको छ । कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । 

तर कोरोना कोष स्थापना गर्ने निर्णय पहिला पनि भएको तर स्थानीय तहहरुले पछि रकम विनियोजन नगर्दा समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्थानीय तहहरुले कोषमा रकम जमा गरे यसलाई प्रभावकारी बनाउन सकिने तर स्थानीय सरकारहरुले रकम जमा गर्ने कुरा सुनिश्चित गर्नुपर्ने उनले बताए । 

सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्याउन लाग्ने सो कोषबाट खर्च गर्ने तयारी भएको बताइएको छ । 

बैतडीमा पनि पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएको छ । कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update