Sagun Khabar
डडेल्धुरा अस्पतालको शिविरमा १ सय ९ जनाको निशुल्क शल्यक्रिया 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरा अस्पतालमा आयोजना भएको शिविरमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । सुषमा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा भएको पाँच दिने निःशुल्क शिविरमा बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित १ सय ९ जनाको निःशुल्क शल्यक्रिया भएको हो । 

शिविरमा ३ सय ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जटिल समस्या भएका ६० जनालाई थप उपचारका लागि काठमाडौँको सुषमा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने बताइएको छ । १७ गतेदेखि सुरु भएको शिविर आइतबार समापन गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update