बैतडीको सिगासका सुरेन्द्र फेरी बेपत्ता

बैतडी –बैतडीको सिगास गाउँपालिका घर भएका एक किशोर फेरी बेपत्ता भएका छन् । सिगास गाउँपालिका वडा नं– ८ लुपुडका १४ वर्षीय सुरेन्द्र बोहरा फेरी बेपत्ता भएका उनका मामा मुकेश रावलले जानकारी दिए ।
यसअघि गएको असार १८ गते कैलालीबाट बेपत्ता भएका सुरेन्द्र ४ दिनपछि कैलालीको अत्तरीयामा फेला परेका थिए ।
शनिबार घरमा साना दाइभाइबीच समान्य झगडा भएपछि सुरेन्द्र घरबाटै बेपत्ता भएका रावलले बताए । कसैले उनलाई भेटाएमा ९८६५६१३३९४ नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका समेत गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्