Sagun Khabar
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति नरेन्द्र चन्द र सचिव भोजराज जोशीले कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ राजपुरमा पार्टी कार्यालय स्थापना गरिएको बताउँदै कैलाली जिल्ला र प्रदेश समितिले सोही कार्यालयबाट ट कामकाज थाल्ने प्रदेश सचिव जोशीले बताए । भाडामा लिएर कार्यालय संचालन गरिएको उनले बताए ।

यस्तै पार्टीले सुदूरपश्चिमका सबै जिल्लाहरुमा पार्टीका कार्यक्रमहरुलाई तीव्रता दिने जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update