Sagun Khabar
डडेल्धुरामा सडक मर्मतको काम शुरु 

डडेल्धुरा –महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकामको सडक मर्मत सुरु गरिएको छ । सडक डिभिजन कार्यालय डोटीले जिल्ला सदरमुकामको बागबजारदेखि किर्तीपुर सम्मको सडक मर्मत सुरु गरेको हो । 

अनुसार सडक डिभिजन कार्यालयले आफ्नै जनशक्ति प्रयोग गरेर सडक मर्मत सुरु गरेको कार्यालयका इन्जिनियर योगेन्द्र अधिकारीले बताए । ‘महाकाली राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीले ४० लाखको लागत इस्टिमेट पास गरेको उनले बताए । 

महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको सडक मर्मतका लागि यसअघि सडक डिभिजन कार्यालयले युसुफ कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो । 

Atrya hospital

सम्झौताअनुसार गत असारमै मर्मतको काम सम्पन्न हुनुपर्ने हो । तर चैतसम्म म्याद थप गर्दा पनि युसुफ कन्ट्रक्सनले काम सुरु नगरेपछि सडक डिभिजन कार्यालय आफैँले मर्मत थालेको जनाएको छ । महाकाली राजमार्गअन्तर्गत आनरखोलीतर्फ भने उन्नती निर्माण सेवाले मर्मतको काम गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update