Sagun Khabar
धनगढीमा डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका एक जना जवान पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update