Sagun Khabar
नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षकमा मनाेज प्रभाकर नियुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ट्वीट गर्दै यो जानकारी दिएको हो । 

भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले प्रशिक्षककै रूपमा रणजी ट्रफी पनि जिताएका छन् । साथै उनीसँग भारतका विभिन्न क्लब र अफगानिस्तानी राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ । 

पुबुदु दासानायकेले नेपाली टोली छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय क्रिकेट अन्तर्राष्ट्रिय खेलेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update