Sagun Khabar
सेती अस्पताललाई २ सय शय्यामा स्तरोन्नती गर्ने निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । मंगलबार  बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले जानकारी दिए ।  

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ।  

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update