Sagun Khabar
डडेल्धुरामा बेपत्ता एक किशोर मृत फेला : अनुसन्धानको माग गर्दै जाहेरी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराका किशोर किरण पाठक मृत फेला परेको घटनाको अनुसन्धानको माग गर्दै जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा घटनाको अनुसन्धान गर्नुपर्ने माग गर्दै जाहेरी परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । 

शनिबारदेखि बेपत्ता रहेका अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका पाठक मंगलबार अमरगढीकै मौरडा गाउँ तल रहेको हामफाल्ने तालमा मृत फेला परेका थिए । पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update