Sagun Khabar
डडेल्धुराको आलितालबाट माछा चोरेमा कारवाही हुने 

डडेल्धुरा –डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट रातिको समयमा माछा चोरी हुन थालेका छन् ।  आलिताल परिसरबाट संरक्षित माछा निकासी भइरहेको भन्दै चौकीदारले जानकारी दिएको वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर बुढा मगरले बताए । 

ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवान गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने सूचनामा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानुनअनुसार कारबाहीका साथै वडा कार्यालयबाट प्रदान हुने सबै किसिमको सेवासुविधा बन्द गर्ने निर्णय भएको  वडाध्यक्ष मगरले बताए । 

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका तालमध्ये सबैभन्दा ठूलो आलिताल ८ सय मिटर उचाइमा महाभारत पर्वत श्रृंखलाको फेदमा रहेको छ । एक हजार १ सय ७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ क्षेत्रफलमा ताल फैलिएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update