Sagun Khabar
भारतमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु

एजेन्सी - भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ ।

राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे भाँडाकाे पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो । ९ वर्षीय विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ ।

मृतक विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । शिक्षकाे कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकाे उपचारका क्रम गुजरातकाे एक अस्पतालमा मृत्यु भएको हो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।

Atrya hospital

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षकविरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता भएकाे हाे ।

यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन् ।

मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत स्वरुप उपलब्ध गराइने पनि मुख्यमन्त्री अशोकले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update