Sagun Khabar
गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

पश्चिमी गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । गिनीको किन्डिया क्षेत्रमा मिनीबस र ट्रक आसमा ठोक्किँदा कम्तीमा २२ जनाको ज्यान गएको हो । घटनामा अरु ८ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यसैबीच गिनी सरकारले शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update