Sagun Khabar
बैतडीमा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा जिप दुर्घटनामा परेको छ । दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले जानकारी दिए । 

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्याएर फेरी गोठलापानी फर्कदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकमात्रै रहेका बताइएको छ । चालकलाई पनि चोटपटक नलागेको सूचना अधिकारी बिष्टले बताए । 

कच्ची सडकको मोडबाट जिप तल खसेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update