Sagun Khabar
सुदूरपश्चिम सरकारले ५ जना क्रिकेटरलाई ६ लाख रूपैयाँ पुरस्कार दिने

बैतडी – आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो ।  

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूर्ण जित हासिल गरेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई विशेष धन्यवाद दिदैं सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जानकारी दिएको छ ।

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update