बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु

बैतडी- बैतडीमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नंं ५ बलाराका शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको भिरबाट लडेर मृत्यु भएको हो ।
उनको मेलौली ५ अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
उनका अनुसार कलौनी मेलौली मामा घर आएका र जंगल गएका बेला घटना घटेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १६:२१
प्रतिक्रिया दिनुहोस्