Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका वडा नं -४ पूर्ण खोप वडा घोषणा

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं -४ पूर्ण खोप वडा घोषणा गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको  आयोजन गरेर  वडालाई पूर्ण खोप युक्त वडा सुनिश्चचता घोषणा गरिएको हो । 

जन्मेदेखि १५ महिना सम्मका वडाभरीका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि वडालाई शुक्रबार पूर्ण खोप वडा घोषणा गरिएको भौनेली स्वास्थ्य  चौकीका इन्चार्ज सुरेश महराले जानकारी दिए ।  १६ महिना देखि ५९ महिना सम्मका वडा भित्रका २ सय ३२ जना बालबालिकाले पूर्ण खोप पाएपछि वडालाई  पूर्ण खोप  युक्त वडा सुनिश्चचता घोषणा गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

वडालाई पूर्ण खोप युक्त वडा सुनिश्चचता घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी  गरेका थिए । सर्वेक्षणको क्रममा सबै बालबालिकाले  खोप पाएको  पाइएपछि  वडालाई पूर्ण खोप वडा घोषणा गरिएको स्वास्थ्य  चौकीका इन्चार्ज  महराले  बताए । 

बालबालिकाहरुले विभिन्न १३ रोग विरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको एकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । 

वडा अध्यक्ष प्रतापसिंह महराको अध्यक्षतामा भएको पूर्ण खोप वडा घोषणा कार्यक्रममा सुर्नया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा , पशु शाखा प्रमुख शरद प्रसाद पन्त,सुर्नया बाल सञ्जाल अध्यक्ष निरेश प्रसाद भट्ट, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयमसेविका, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो  ।

वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने बताइएको  छ ।  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update