Sagun Khabar
डडेल्धुरामा एक पुरुष मृत फेला 

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बस्ने ३५ बर्षिया प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

उनको जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। मृत्युको कारणबारे खुलेको छैन ।  मृतकका तीन छोरी र एक छोरा रहेका छन्। प्रहरीले  घटनाबारे  थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update