Sagun Khabar
भीरबाट लडेर महिलाको मृत्यु

 एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो। 

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update