Sagun Khabar
डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला

डडेल्धुरा- डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज (बिहिवार) बिहान मृत फेला परेकी हुन्।

दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्यनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेकी छन्। उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा फेला परेको हो।

उनी हिजो रातिदेखि हराएकी थिइन।रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउँदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update