Sagun Khabar
दार्चुलाको एक पसलमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एक पसलमा आगलागी भएको छ ।

जिल्लाको महाकाली नगरपालिका–४ तिंकर सडकखण्डमा रहेको जमनसिंह धामीको धामी ट्रेडर्स एण्ड इलेक्ट्रोनिक  पसलमा आगलागी भएको हो । पसलमा मंगलवार राति १० बजेको समयमा विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट पसलभित्र राखिएका इलेक्ट्रोनिक सामग्री जलेर नष्ट भएका भएपनि क्षति एकीन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update