Sagun Khabar
अछाममा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाममा अरिंगालको टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका काटै निवासी ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो । 

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरिडाडा भन्ने ठाउमा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update