Sagun Khabar
अजयमेरु गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका चार जनाको परिवारलाई पालिकाले सम्मान गरेको हो । 

सहिद परिवारलाई टिभी र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट (विकास)ले बताए । सहिदहरुको योगदानको कदर गर्दै पालिकाका तर्फबाट सम्मान गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सहिदका परिवारलाई अन्य कार्यक्रमहरुमा पनि प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको उनले बताए । 

सम्मानपछि बोल्दै सहिद परिवारका तर्फबाट सहिद गौतम बोहराका परिवारका सदस्य माया बोहराले सहिद  परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । आर्थिक बर्ष २०७९ ८० को बार्षीक स्विकृत कार्यक्रम अनुसार सहिद सम्मान गरिएको र चालु आर्थिक बर्षमा पनि सहिद सम्मान कार्यक्रम राखेको गाउँपालिका प्रबक्ता शिवराज भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update