Sagun Khabar
डडेल्धुरामा चरेशसहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – डडेल्धुरामा चरेशसहित एकजना पक्राउ परेका छन् । अमरगढी नगरपालिका ४ का ४० बर्षीय रामबहादुर पुनलाई १६.१२ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मारेर सोमबार साँझ उनलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । पक्राउ परेका पुनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update