Sagun Khabar
डडेल्धुरामा एक बालिका मृत फेला 

डडेल्धुरा –डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन् । 

जिल्लाको परशुराम नगरपालिका– १२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन् ।
रंगुन नदीको किनाराको तटबन्धमा उनी मृत फेला परेकी हुन् । हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

खोजीकै क्रममा आज बिहान उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए । बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए ।

घटनाकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update