Sagun Khabar
अछाममा अटो दुर्घटना, तीन जना घाइते 

अछाम –अछाममा आज(बिहीवार) अटो दुर्घटना भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१÷००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजी ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन् । 

घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते भएका ओडको अवस्था मध्यम र बाँकी दुई जनाको अवस्था सामान्य रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update