Sagun Khabar
डडेल्धुरा मेडिकल कलेजका लागि १६ उपप्राध्यापक र एक सहप्राध्यापक माग
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा–सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गतको डडेल्धुरा मेडिकल कलेजका लागि  १६ उपप्राध्यापक र १ सहप्राध्यापक माग गरिएको छ ।

विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डिनको कार्यालयले शुक्रबार करार सेवामा लिने गरी सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान गरेको हो । सहप्राध्यापकतर्फ माइक्रोबायोलोजी विषयमा एक जना माग गरेको विश्वविद्यालयले प्याथोलोजी, एनाटोमी, पब्लिक हेल्थ, फार्मेसीलगायत विषयको अध्यापनका लागि १६ उपप्राध्यापक माग गरेको छ ।

विश्वविद्यालयले आगामी भदौ १५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update