Sagun Khabar
बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु  

जंगली बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।  बिहीवार बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो।

मास गोडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले जानकारी दिए । दिलाको अस्पताल लैजाने क्रममा ज्यान गएको जनाइएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update