Sagun Khabar
डडेल्धुरामा सर्पको टोकाइबाट  युवकको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ का रघुविर सिंह धामीका अन्दाजि १६ बर्षिय छोरा कृष्ण धामीको सर्पले टोक्दा मृत्यु भएको हो।

शनिवार राति करिब २ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला सर्पले टोक्दा धामीको मृत्यु भएको स्थानियले बताए। सर्पले टोके पछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

धामी आलिताल गाउंपालिका वडा न.६ दोबाटामा रहेको सिद्धभगवति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिए।


 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update