Sagun Khabar
दार्चुलामा एक हप्ता देखि बेपत्ता प्रधानाध्यापक अझै  सम्पर्कमा आएनन्

बैतडी- दार्चुलामा बेपत्ता प्रधानाद्यापक अझै भेटिएका  छैनन् ।  ७ दिन देखि बेपत्ता  लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट अझै  नभेटिएका  आफन्त अम्बादत्त भट्टले जानकारी दिए  ।

५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएका थिए । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरेपनि नभेटिएको बताइएको छ । प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजि कार्यमा खटिएका छन् । ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली खटिएको थियो ।

स्थानीयबासीन्दा र प्रहरीले खोजि गर्दा अहिलेसम्म वेपत्ता भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका ईन्चार्ज तिलक कलौनीले बताए ।  बेपत्ता भट्टको खोजि कार्य जारी रहेको आफन्तजनले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update