Sagun Khabar
दार्चुलामा एक महिलाद्वारा मट्टीतेल छर्केर आत्मदाहको प्रयास 

दार्चुला –दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

साउँदले आज बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

जलेर गम्भीर घाइते भएकी साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । साउँदले शरीरमा किन आगो लगाइन् भन्ने कुरा खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update