Sagun Khabar
मट्टीतेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी दार्चुलाकी सुनाको मृत्यु  

दार्चुला –आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी दार्चुलाकी सुना साउँदको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन् । 

आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा हिजो नै उनको मृत्यु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक सुनाको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

प्रहरीले आजदेखि घटनाका बिषयमा थप अनुसन्धान गर्ने प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update