Sagun Khabar
दार्चुलामा ८० बर्षीया वृद्धा मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन् । 

घरभन्दा १ सय ५० मिटर पर आज (सोमवार) बिहान उनी मृत फेला परेकी प्रहरीले जनाएको छ । चन्द एकल महिला रहेकी र घरमा एक्लै बस्दै आएकी प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन् । 

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update