Sagun Khabar
दार्चुलामा चक्कु प्रहार गरी ८० बर्षीया वृद्धाको हत्या 

दार्चुला –दार्चुलामा मृत फेला परेकी ८० बर्षीया भागरथी चन्दको हत्या भएको खुलेको छ ।मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलकी भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीयहरुले बताएका छन् । 

चन्दको घाँटी र छातीमा आठ दश वटा चक्कु प्रहार भएको देखिएको छ । उनको हत्या गरि घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए । मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि र प्रहरीले ताला तोडेर घर भित्र पसेका थिए । 

तर महिलाको शव घर बाहिर फालेको अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

मृतक चन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update