Sagun Khabar
दार्चुलाको नौगाडमा भीरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको नौगाडमा भीरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । 

नौगाड गाउँपालिका ५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन् । मंगलबार बिहान घाँस काटेर घर फर्कने बेलामा उनी भीरबाट खसेको ढुंगा लागेर घाइते भएकी हुन् । 

गम्भीर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको स्थानीय श्याम धामीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update